११ मंसिर, काठमाडौं । भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । बोर्डले अंकित मूल्य १ सयका दरले २० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कुल सेयर १ करोड कित्ताको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । यसको बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ ।
भुजुङ हाइड्रोपावरले पायो आईपीओको स्वीकृति