हिसान अध्यक्षमा शर्मा विजयी

काठमाडौँ — उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । हिसानको शनिबार सम्पन्न नवौं महाधिवेशनबाट शर्मा १६० मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।  उपाध्यक्षमा टंकराज आचार्य र स्वागत श्रेष्ठ विजयी भएका छन् । महासचिवमा रामहरि सिलवाल विजयी भएको हिसानले जनाएको छ ।  उपाध्यक्षमा आरबी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य, हरिन्द्र लामिछाने निर्विरोध चयन भए । सचिवमा कृष्णप्रसाद पौडेल, जीवन लामा गोले, पारस श्रेष्ठ, भवानीप्रसाद पौडेल, यामबहादुर रोका, रोजश कार्की र बलराम पन्त विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *