प्रादेशिक युवा नेतृत्व तालिम कोर्ष सम्पन्न

नेपाल स्काउट, प्रदेश युवा परिषद्को आयोजना तथा कोशी प्रदेश स्काउट कार्यालयको संयोजनमा सञ्चालित प्रादेशिक युवा नेतृत्व तालिम कोर्ष मिति २०८२/०९/१० देखि १२ गतेसम्म शिवसताक्षी नगरपालिका स्थित वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिममा कोशी प्रदेशका ४२ जना युवा रोभर/रेन्जर तथा स्काउटरहरूको सहभागी रहेको थियो । तालिममार्फत युवाहरूको नेतृत्व विकासमा योगदान पुर्‍याउने विभिन्न विषयसम्बन्धी व्यावहारिक प्रशिक्षणहरू प्रदान गरिएको थियो।
तालिममा नेपाल स्काउटका युवा प्रशिक्षकहरूका साथै अतिथि प्रशिक्षकका रूपमा श्री रवि खनालज्यू(राष्ट्रिय परिषद सदस्य ), श्री सन्तोष घिमिरेज्यू (प्रदेश सदस्यता वृद्धि आयुक्त), श्री सञ्जयजङ्ग थापाज्यू (युवा व्यवसायी) श्री गुणराज गिरीज्यू (स्थानीय प्रमुख आयुक्त, कमल गाउँपालिका) र श्री मोतीराम ढुंगानाज्यू (स्थानीय प्रमुख आयुक्त, रङ्गेली नगरपालिका) ले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
यसै गरी तालिमको दोस्रो दिन सहभागीहरूले विभिन्न विधाका सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। तालिमको तेस्रो दिन Panel Discussion सञ्चालन गरिनुका साथै सो कार्यक्रममा माननीय छविलाल चुडालज्यू( प्रदेश सभा सदस्य, कोशी प्रदेश ) , श्री प्रमिला न्यौपाने तिवारीज्यू (उपाध्यक्ष, कमल गाउँपालिकाका )
तथा श्री हेमन्त भण्डारीज्यू (प्रदेश प्रमुख आयुक्त) सँग युवाहरूले नेतृत्वसम्बन्धी विषयमा संवाद एवं छलफल गरेका थिए।
कार्यक्रमको तेस्रो दिनको समापन समारोह कोशी प्रदेश सभा सदस्य माननीय श्री राधाकृष्ण खनालज्यूको प्रमुख आतिथ्यता तथा प्रदेश युवा परिषद् अध्यक्ष श्री किरण बुढाथोकीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिवसताक्षी नगर उपप्रमुख श्री नरमाया कार्कीज्यू, कार्यक्रम संयोजक प्रतिक दाहाल, प्रदेश कार्यसमिति पदाधिकारीज्यूहरू, स्थानीय स्काउट पदाधिकारी तथा स्काउट लिडरज्यूहरूलगायतको उपस्थिति रहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *