भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो तेस्रो पटक

चितवन, फागुन २–

तेस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमा अर्किड सेकेण्डरी स्कुलले जितेको छ । योसंगै अर्किडले मेयर कपको उपाधिमा ह्याट्रिक गरेको हो ।  आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा अर्किडले नारायणी नमुना माध्यमिक विद्यालयलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । जितका लागि नारायणी नमुना माविले  ९५ रनको लक्ष्य दिएको थियो। ९५ रनको लक्ष्य अर्किडले १८ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Featured Image Source: Bharatpur Mayor Cup 

Leave a Reply

Your email address will not be published. Required fields are marked *