१० कात्तिक, काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । नेकपा एकीकृत समाजवादी गठन भएपछि अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् ।
रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । साथै बागमती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन ।