प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएका छन्। आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए।

साथै प्रदेश-१ मा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने भएको छ।

गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन्। प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।

एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *