न्युजिल्यान्ड सेमिफाइनलमा, भारत टी-२० विश्वकपबाट बाहिरियो

युएईमा जारी टी-२० विश्वकपमा आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड अन्तिम चारमा पुग्ने चौथो टिम बन्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बल बाँकी छँदै २ विकेटको क्षतिमा भेटायो। न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४० रन र डेभोन कोनवेले ३६ रन बनाए।

अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।

न्युजिल्यान्डको जितसँगै भारतभने समूह चरणबाटै बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *