चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ। मंसिर १० मा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्दसत्र हुनेछ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको खाना मेनु पनि तयार भएको छ।
खाना मेनु:
खाना मेनुमा १०–१० प्रकारका खानाको व्यवस्था हुनेछ ।
पहिलो छाक
- सलाद बार, सादा खाना, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार, मिक्स दाल फ्राई, र फलफूल रहने छन् । हरेक छाकमा कुखुराको मासु, खसीको मासु र माछा हुनेछ ।
दोस्रो छाक
- चिकन डोपियाजा, सादा खाना, दाल मखनी, सलाद बार, आलु गोभी, माछा फ्राई,मसरुम मटर, मटन करी, सवुदाना र अचार साँदेको हुनेछ ।
तेस्रो छाक
- सादा खाना, सलाद बार, भेज तरकारी, कालो दाल, आलुबोडी तामा, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई हुनेछ ।