चितवन : भरतपुर महानगरपालिकाले समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ । यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम भुत्पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध भरतपुुरका लागि विकास बहस कार्यक्रम हुने लागेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव,महानिर्देशक र जिल्लाका सरोकारवालाको उपस्थितिमा सोमबार बहस गर्न लागिएको हो ।