काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आइतबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् आउँदो महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्ने भएका छन्। एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १०-१२ गतेसम्म चितवनमा हुँदैछ।
नवौं महाधिवेशनमा उपाध्यक्षमा विजयी भएका भीम रावलको उम्मेद्वारीले अध्यक्षमा केपी शर्मा ओलीको निर्विरोध अध्यक्ष बन्ने प्रयासमा धक्का लाग्ने भएको छ।
उनले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्न लागेको उनका सञ्चार सहयोगी एकिन्द्र कुँवरले बताए।