काठमाडौँ । कोभिड-१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध खुला गर्दै अस्ट्रेलिया सरकारले करिब २० महिनादेखि रोकिइरहेका विद्यार्थी प्रवेश दिने भएको छ ।अब क्वेरन्टाइन मा पनि बस्नु नपर्ने तर पूर्ण खोप लगाएको हुनुपर्नेछ ।अहिले करिब ३८ सय नेपाली विद्यार्थी भिसा लिएर अस्ट्रेलिया प्रवेशको पर्खाइमा छन् ।
अस्ट्रेलिया सरकारले प्रवेश अनुमति दिएपनि अस्ट्रेलियाको ६ वटा राज्य र २ क्षेत्रले आफ्नै निर्णय गर्न सक्छन् । डिसेम्बर १ देखि पूर्णमात्रा खोप लगाएका र दक्ष कामदारसहितका विद्यार्थीले प्रवेश पाउने जनाइएको छ ।