नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विजुलीको बिल नतिरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटिदिएको छ ।
भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विद्युतको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता रकम तिर्न बाँकी रहेकोले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरणले केन्द्र लाइन कटिदिएको हो ।