नाबोकोवले सिकाएको प्रेम

भर्खरै ब्लादिमीर नाबोकोवको नोवेल पुरस्कार उपन्यास लोलिता पढेर सकें । त्यसो त मैले अघि पनि पढेकी हुँ । लोलिता ! फेरि तिमीलाई पढ्न मन लाग्यो । के तिमीलाई थाहा छ ? हेर न यतिखेर सारा परिवेश त्रासदीय छ । झण्डै आठ महीना पश्चात् म आफ्नो गाउँ जाँदै छु । कोभिड र कलडाउनले सारा जगत्लाई कैद बनाएको थियो । त्यसैले त समयमा घर जान नपाएकी । बुवा आमाबाट यतिको समय टाढा रहँदा म निकै नियास्रिएकी छु ।
गाउँ जाने अघिल्लो दिन मलाई अनौठो लागिरहेको थियो । कति समय म उतै बस्छु थाहा थिएन । म बडो अप्ठ्यारोमा थिएँ, कति बेला मलाई घर पुगौं भएको थियो । पिँढीमा बुवा आमासँगै बसेर आकाशका जुनतारा हेर्ने मसँग धेरै रहर छ । शहरमा त्यसरी हेर्ने अनुकूल मिल्दैन । यति लामो अवधिभित्र गाउँमा के कस्ता परिवर्तन थपिए होलान् । अहिले टोनीले मेरो सम्झना गर्छ कि गर्दैन होला ? या त उसले बिर्सिसक्यो ? म चाहिँ यता उसैलाई सम्झिरहेकी छु । बहलिन गएको बिरालो फर्किएर आएन रे । हुचिलले खायो कि ? आमाले यसो भन्दा मलाई मज्जा लागेन । अब फेरि सानो छाउरो खोज्नु प¥यो । कहाँ पाइन्छ कुन्नि । लोलिता ! के तिमीलाई थाहा छ ? मेरा साथीहरू तिनै हुन् । घर पुगेर मलाई कतिखेर गोठालो जाऊँ जस्तो भएको छ । खोरका बाख्राहरू मेरै प्रतीक्षामा होलान् । मुसी अलिक छुच्चो छ । तर उसको छुच्याइँ मलाई मन पर्छ । ? खैरी गाई पनि अब ब्याउने बेला भयो । के पाउँछ होला ? सुन न मेरो अर्को साथी थप्पिँदैछ ।
मन भित्र यति धेरै रमाइलो हुँदाहँदै मसँग अलिकति नमीठो अनुभूति पनि थियो । समय व्यर्थमा जाँदैछ भन्ने ठूलो पीर लाग्यो । यो कुरा मेरा साथीहरूले सुुने भने राम्रो मान्ने छैनन् । उनीहरू निश्चय भन्ने छन्, आफ्नो घर गाउँमा फर्किंदा पनि समयको चिन्ता लिने हो ? तिम्रो प्रतीक्षामा हामी छौं, तिमी फेरि त्यसो भन्ने ? के हाम्रो सम्झना आउँदैन ? माया लाग्दैन ? मायामा सम्पूर्ण कुरा मूल्यहीन लाग्छ तिमीले नै भनेको होइन ? त्यसो हो भने, समयको चिन्ता किन ?
मेरा साथीहरू बडो रमाइला छन् । लोलिता ! तिमीलाई पनि म आफ्नो गाउँ लैजाँदैछु । उनीहरूसँगै बसेर हामी प्रीतका गीत गाउँला ? उनीहरूले इच्छा गरे भने तिम्रो कथा पनि सुनाउँला ? हुन्छ कि हुँदैन ?
गृह प्रस्थानको सयम । पर्यावरण धुम्मिएको छ । शायद मेरो अनुपस्थितिमा शहरको यो आकाश रुन खोज्दै थियो । ए … होइन होइन, हजुरआमाले भन्नु भएको यो पिन्चे समय हो रे ! मेरो अनुपस्थितिमा उसलाई किञ्चित वास्ता छैन, किन रुन्थ्यो ?
लोलिता ! म अचेल अर्कै भएकी छु, सामान्य कुराले मलाई केही असर गर्दैन । अस्तिको दर खाने दिन, अनि भोलिपल्टको हरितालिका, मलाई हरितालिका जस्तै लागेन । झ्यार झ्यारे पानीले बजार लाग्न सकेन । लाखे नाच्न पाएन । त्यसो त बजार जाने लाखे हेर्ने इच्छा मलाई कहिल्यै आएन । एक सामान्य तरिकाले त्यो दिन बित्यो । बाख्रा चराउन गएकी थिएँ, साथमा जे कृष्णमूर्ति थिए । उनका विचार मलाई एकदम राम्रो लाग्छ । ओशोका धारणा पनि मन पर्छ । कतिकति बेला उनका अवधारणाहरू विवादास्पद लाग्छन् । आपसमा ती बाझिन्छन् ।
यसबखत तिमीलाई अमर बनाउने ब्लादिमीरबारे म सोचिरहेकी छु । उनी कस्ता लेखक हुन् ? यो उनकै आत्मकथा हो या हम्बर्ट भन्ने पात्रको ? तिम्रै नाम राखिएको उक्त उपन्यासको ब्लर्भमा लेखिएको छ– यो एउटा यस्तो व्यक्तिको आत्मकथा हो । जसले साना साना बाह्र तेह्र वर्षका बालबालिकाहरूको कलिलो यौवन भोग्दै जाने क्रममा उसले आफ्नी छोरीलाई समेत बाँकी राखेन । आखिर लोलिता पाउनको लागि नै उसले लोलिताकी आमासँग बिहे गरेको थियो ।
शुरुमा हम्बर्टको चरित्र मलाई राम्रो लागेको थिएन । अन्त्यमा उसप्रति ठूलो सद्भाव पैदा भयो । ऊ एक पागल प्रेमीको रूपमा परिणत भएको छ । तिम्रो लागि उसले आफ्नी श्रीमती हेज (तिम्री आमा) लाई समेत मार्ने षडयन्त्र ग¥यो । प्रेमकै लागि ऊ हत्यारो भयो । तर पनि उसले अन्त्यमा तिमीलाई पाउन सकेन । हो त्यतिखेर उसप्रति मलाई बडो करुण भाव उत्पन्न भएको थियो ।
काम वासनाले आसक्त, एक भोगी पुरुष । तिमी जस्ता कलिला नानीसँग भोगविलास गर्न ऊ रुचाउँछ । धेरै नानीहरू उसले भोग ग¥यो । बाटामा, स्कूलमा, बगैंचामा देखिएका बालाप्रति ऊ आकृष्ट हुन्छ । हावाले उडाएका छोटा वस्त्रसँगै देखिने बालिकाको जाँघमा उसको दृष्टि पर्नेगर्छ । ऊ त्यस्तै दृश्यको इच्छा राख्छ ।
जब तिम्री आमा हेजसँगै हम्बर्टले तिमीलाई देख्छ अनि उसले हेजसँग बिहेको नाटक ग¥यो । तिमीसँग निकट हुन उसले त्यो प्रपञ्च रचेको थियो । जुन कुरा तिमीहरूलाई थाहा भएन । हेजसँग ऊ थोरै पनि आसक्त थिएन । तिमीसँग भेट भएपछि उसले अरू बालाको चाहाना राखेन । तिमीप्रति ऊ यति धेरै अनुरागी भयो कि उसले हेजलाई मार्ने योजना बनाउन थाल्यो । त्यतिखेर म बडो क्षुब्ध भएकी थिएँ । उसको त्यो छलकपट हेजले जतिसक्दो छिटो थाहा पाए हुन्थ्यो नि जस्तो एउटा व्यग्र भाव जागृत भयो ।
लोलिता तिमी उसकी छोरी हौ, प्रेमिका हौ, श्रीमती हौ, एउटा धेकेवाज पनि हौ । तिमीले उसको प्रेमलाई चिनिनौ । त्यसो त तिमीले उसलाई कहाँ धोका दिएकी हौ र ? तिम्रो स्वतन्त्रतालाई मैले यसरी मूल्याङ्कन गर्न हुँदैनथ्यो । तिम्रो निर्णय कदाचित बेइमानी थिएन । उसको एकतर्फी प्रेमलाई तिमीले स्विकार्नु पर्छ मैले भनेकी होइन । यद्यपि उसले तिमीलाई कति चाहेको थियो । तिम्रो अनुपस्थितिमा ऊ कति विचलित भयो । हो, त्यतिखेर उसका दोष र एक आसक्त पुरुषका दृष्टिले नहेरी मैले उसलाई एक असल प्रेमीको दृष्टिले हेरें । उसका त्रुटिहरू क्षम्य लागे । थाहा छ ? पछिगएर शारीरिक प्रेम भन्दा पनि आत्मिक प्रेमले ऊ निर्देशित थियो । तिमीप्रति समर्पित थियो । तिमीलाई हस्पिटलबाट भगाउने क्विलटीको हत्या गरेपछि उसले वकिलसँग भन्छ–
हुन सक्छ म अब ज्यादा दिन यस धर्तीमा रहँदिन हुँला । जबसम्म म रहन्छु, तबसम्म अलास्कामा आफ्नो पतिसँग बसेकी वा पल्टेकी लोलितालाई भन्न सक्छु, म तिमीलाई अनन्त प्रेम गर्छु । लोलिताको मृत्युपछि मात्रै यो किताब छापियोस् ।
जब तपाईं यस कथालाई पढ्न शुरु गर्नु हुनेछ, त्यस खबत यस दुनियामा न त म रहन्छु न त लोलिता नै । तर ती मेरी लोलिता । जो म हाम्रो कथा लेखिरहेको छु । तिमी पनि जिउँदो छौ अनि म पनि । म जति नै टाढा किन नहुँ तर तिमीसँग कुरा गर्न सक्छु ।
लोलिता डिक (श्रीमान) लाई धोका नदिनू । अपरिचित मान्छेसँग कुराकानी नगर्नु । बच्चालाई माया गर्नु । लाग्छ, तिम्रो छोरा नै जन्मिएला भन्ने मलाई लागेको छ । आफ्नो पतिसँग भनिदिनू कि तिमीलाई राम्रो व्यवहार गरियोस् । होइन भने तिम्रो प्रेमबाट बान्कि भएको मेरो आत्मा यो शरीर छोडेपछि उसको वरिपरि मडारिने छ ।
अनि सुन त्यो क्विलटीको भयानक मृत्युमा कुनै अफसोच नमान्नू । म र ऊमा एक त मर्नु नै थियो । म चाहन्थें कि आफू बाँच्न सकूँ । केवल दुई महीनाको लागि । तिमीलाई आउने पिँढीबीच अमर बनाउन सकूँ । किन कि अब हामी अमर भएर नै साथ रहन सक्छौं ।
मेरी प्रिय लोलिता… !
त्यो शारीरिक प्रेम, अझ भनौं भौतिक प्रेम कालान्तरमा यति शुद्ध भएर जाला, हृदयमा गाडिएला, अमर होला भन्ने मैले एकरती सोचेकी थिइनँ । जब तिमीले डिकसँग बिहे ग¥यौ । बाबुदेखि टाढा भयौ । अनि उसले थाहा पायो प्रेम केहो ? त्यसको मूल्य कति रहेछ ? त्यसो त त्यो अनुचित प्रेम थियो ।
एउटा बाबुले छोरीमाथि गरेको अनैतिक प्रेमलाई यहाँ कसरी बुझ्ने हो थाहा छैन । हुन त अनैतिक प्रेमको व्याख्या गर्न लेखकले लोलिता लेखेका हुन् भन्ने अर्थ पनि यो होइन । जैविक मनोविज्ञानका दृष्टिले हेर्दा, अग्निले ठीक बेठीक राम्रो नराम्रोको पर्बाह नराखी भस्म गराए जस्तै हुन सक्छ यौनतृष्णाको भुङ्ग्रो पनि । त्यसैले छोरीप्रति अर्कै किसिमले ऊ आकृष्ट हुन्छ ।
लोलिता तिमी निसन्देह रहू, तिम्रो चरित्रलाई पाठकले खराब दृष्टिले किञ्चित हेरेका छैनन् । बाबुबाट कुमारित्व लुटिएकी श्रापित छोरीको अर्थ पनि यहाँ लागेको छैन । बरु बाबुले तिमीलाई अमर बनाएको छ । तिम्रो बाबु दोषी भएको आरोप पनि यहाँ लाग्दैन । आग्रह अनुग्रह केही नराखी पाठक एकोहोर पढिरहने छ । त्यसो किन हुन्छ भने लेखकले कुनै विचार नराखी एकोहोरो घटना विस्तार गरेका छन् । ती घटित क्षणहरू सम्पूर्ण राग अनुराग, तृष्णा र आसक्तिको अग्निकुण्ड बनेका छन् । जैविक मनोविज्ञानले हम्र्बट कदाचित् अपराधी नभएको पुष्टि गर्छ । परन्तु उसले आफ्ना इच्छालाई नियन्त्रण गर्न नसक्दा सामान्य स्थितिको मानिस भने ऊ होइन । उसले किन साना नानीहरू मात्रै रुचाउँछ ? त्यो थाहा छैन । आफ्नै उमेरकासँग किन उसले प्रेम गर्न चाहँदैन ? यस्तै कुराले अरूभन्दा ऊ बेग्लै छ । ज्यादै बेग्लै । तर पनि उसलाई हीन दृष्टिले पाठक हेर्दैन । कृति उत्कृष्टताको अनुपम आधार यही रहेको छ । त्यो जघन्य अपराधमा समेत किन स्रोता मौन छन् ? यही नै उपन्यासको सबल पक्ष हो । जुन पात्रप्रति निर्विकार हुनु अनौठो कुरा छ । ऊ एउटा हत्यारो हो, छोरीसँग यौन चाहाना राख्ने विकृत मनस्थितिको बाबु हो । त्यसबीचमा आएका उसका अरू चरित्र पनि दुषित नै छन् । यतिहुँदा हुँदै पनि अन्त्यमा उसप्रति सद्भाव जाग्नु, यो कस्तो लेखनकला हो ?
उपन्यासको आरम्भमै उसले भनेको छ–
लोलिता, मेरी प्राण
उसको नाम ओठमा आउने बित्तिकै मेरो पूरै शरीर शिरिङ्ग भएर आउँछ । मेरो रौं रौंमा वासनाको तुफान दौडिन्छ । लो–लि–ता … मेरो जिन्दगीको कथा लोलिताबाटै शुरु हुन्छ र लोलितामै गएर समाप्त हुन्छ । उसको श्वासको ताताले मैले आफूभित्रको प्रेम साँचेको छ । लोलिता … लोलिता … लोलिता … । घरमा ऊ लोला हुन्छिन् । स्कूलमा डौली हुन्छिन् तर मेरो अंगालोभरि सधैं उनी लोलिता मात्रै भइन् ।
लोलिता तिम्री आमाको मृत्यु कसरी भयो थाहा पाउन चाहन्छौ ? एउटा स्कूलमा तिमी भर्ना भएपछि तिम्रो बाबुले आमालाई निद्रा लाग्ने औषधी खुवाउन थालेको थियो । आफ्नै लागि भनेर उसले डाक्टरसँग पटक पटक औषधी किन्यो । तिम्रो अनुपस्थितिमा हम्बर्ट निकै निराश हुन्थ्यो । तिमीलाई स्कूलबाट झिकाउन उसले अनुरोध पनि गरेको थियो । यद्यपि तिम्री आमाले मानिनन् । उनलाई लागेको थियो, तिमी उता गएपछि हम्बर्टसँग आनन्दले यौन जीवन बिताउने उत्कट आकाङ्क्षा थियो । यता तिम्रो बाबुलाई त्यो कुरा मन परेको थिएन । हेजका प्रेमासिक्त संवाद उसलाई प्रिय लाग्थेन । यस्तैमा एक दिन कार दुर्घट्नामा तिम्री आमाको निदन भयो । त्यतिखेर श्रीमतीको देखावटी शोक मनाए पनि भित्रभित्रै हम्बर्ट अत्यन्तै प्रसन्न थियो । यस स्थितिमा तिम्रो बाबु हाम्रो घरगाउँको मान्छे हुँदो हो, ‘कुचोले गर्ने काम आँधीले ग¥यो’ भन्ने थियो । जुन कुरा तिमीले बुझ्यौ ? भौतिक तवरले मार्न ऊ असमर्थ भए पनि बारबार उसको मनले हेजलाई मारिरहेको थियो ।
हो त्यसपछि उसले स्कूलबाट तिमीलाई झिकायो, आमा बिरामी भएको कारण देखाएर । यद्यपि उनी मरिसकेकी थिइन् । तर उसले तिमीलाई त्यसो भनेन । उसको अमोघ कामना पूर्ण हुन लागेको समय थियो त्यो । जुनबखत तिमी ठीक बेठीक छुट्याउन सक्ने थिइनौ । बाबुको आन्तरिक नियत यसकारण बुझिनौ । उसले तिमीलाई आफ्नो इच्छा अनुसार उपभोग ग¥यो । त्यसमा तिमीले कुनै प्रतिवाद गरिनौ । उल्टै प्रेमिकाको व्यवहार देखायौ । चुम्वन ग¥यौ । उसले भने अनुसार तयार भयौ । त्यतिखेर तिमीप्रति म अलिक असन्तुष्ट थिएँ । के तिमी त्यति पनि नबुझ्ने थियौ ?

अरूको अगाडि उसले तिमीलाई छोरीको नाता लागएर धेरै अप्ठ्याराहरू पार लगाउँदै गयो । गोप्य सम्बन्ध चाहिँ अर्कै थियो । तिमीलाई सबैबाट टाढा बनाउन सक्दा ऊ आफूलाई निकै सफल भएको महसूस गथ्र्यो । आफूले चाहे अनुसार उपभोग गर्न उसले अनेक तरिकाले तिमीलाई खुसी बनाउन थाल्यो । तिम्री आमा स्वर्गे हुनुभन्दा अघि एक ठाउँमा उसले भनेको कुरा अहिले मैले सम्झिएँ–
पछिल्लो दुई महीनादेखि म लोलिताको स्वागतको पूरा तयारी गरिरहेको थिएँ । शालर्ट (तिम्री आमा) सँग विवाह गरेदेखि नै म यस समस्याको समाधान खोजिरहेको थिएँ कि लोलिता फर्किएर आएपछि म उसलाई कसरी प्रेम गर्नेछु ? निकै सोचविचार गरेपछि मैले निद्रा लाग्ने गोली प्रयोग गर्ने निर्णय लिएँ । त्यसैले पछिल्लो एक महीनादेखि म शालर्टमाथि निद्राको गोली प्रयोग गरिरहेको थिएँ ।
शारीरिक र मानसिक दुवै किसिमले तिमी ठूली हुँदै गयौ । स्वभावमा परिवर्तन आउन थाल्यो । बाह्य जगत्मा रमाउने, डुल्ने हुन थाल्यौ । साथीहरूसँग घण्टौ हराउने भयौ । तिमी निर्भीक र परिपक्व हुँदै गयौ । चिची र पापामा रमाउने उमेर ढल्दै गयो । फकाएर फुल्याएर नसम्मिने भयौ । रतिदानको लागि उसले यो सब गरिरहेछ भन्ने जान्ने भयौ । हम्बर्टको अनुरोध नमान्ने भयौ । उसले भने जसरी तिमीले भोग गर्न दिइनौ । सहजै आफ्नो देहसँग उसलाई खेल्न दिइनौ । अनेक फुर्मासी शर्त राख्न थाल्यौ । त्यस्तै जटिल शर्तहरू पनि । शारीरिक सुखभोग गर्न नपाएर उसका कैयैंन् दिनहरू बित्न थाले ।
त्यसकारण ऊ ज्यादा चिन्तित थियो । बाबुले तिमीलाई एकदमै नियन्त्रणमा राख्न थाल्यो । अब त बाबु पनि के भन्नु खै ? कति विवादास्पद छ तिम्रो सम्बन्ध । छोरी, प्रेमिका, श्रीमती … । म त तिमीलाई लोलिता भनेर चिन्न चाहन्छु । तर कथाको अन्त्यमा हम्बर्टको प्रेमिका भन्न अधिक रुचाएँ । डेकसँग विवाह भए पश्चात् पनि तिमीलाई आफ्नै प्रेमिकाको रूपमा उसले स्वीकार्न चाहेको थियो । परन्तु तिमीले मानिनौ । त्यसबखत ऊ निकै उदास भयो, निराश भयो । बाँच्नुको मूल्य देखेन । तिम्रो निम्ति उसले सारा जीवन त्याग्यो । ऊ एउटा त्यस्तो पागल प्रेमी हो, जो शायदै भेटिने छ ।
लोलिता ! तिमी एक्लै बाहिर घुमफिर गर्ने भएकी थियौ । उसले धान्नै नसक्ने, तिमी जब्बर भयौ । लोलिता आफूबाट टाढिन्छे, या गुम्छे भन्ने उसँग ठूलो त्रास थियो । उसलाई हमेसा तिम्रै चिन्ता थियो । टाढा टाढा भ्रमणमा निस्किँदा अपरिचित मानिसले पिच्छा गरेको थाहा पाउँदा, यो तिम्रै कारण भइरहेछ भन्नेमा ऊ विश्वस्त थियो । शसङ्कित थियो। यस्तैमा तिमी एकदिन अचानक बिरामी प¥यौ । हम्बर्टको काखबाट छुट्कार चाहिरहेको बेला हस्पिटलमा भर्ना हुनु तिम्रो लागि ठूलो मौका थियो । त्यहींबाट तिमी बेपत्ता भएको खबर अवगत हुँदा, ऊ कति हतोत्साहित भएको थियो, भरङ्ग भयो । त्यो कुरा तिमीले कहिल्यै बोध गर्न सकिनौ ।
त्यसपछिका दिनमा तिम्रो बाबु भौतारिरह्यो । कुनै बालाप्रति आकर्षित हुन सकेन । तिम्रो खोजीमा कहाँ पुगेन र ऊ ? त्यस्तैमा एकदिन तिमीले पठाएको चिठ्ठी पाउँछ–
प्यारो बुवा कस्तो छ हजुरलाई ? तपाईंलाई थाहा छ कि नाई ? मेरो विवाह भइसकेको छ । मेरो बच्चा पनि हुनेवाला छ । मेरा विचारमा बच्चा क्रिसमसको आसपासमा होला । यो चिठ्ठी तपाईंलाई बडो मुश्किलसँग लेखिरहेकी छु । म अचेल निकै चिन्तित छु । किनकि हामीसँग आफ्नो ऋण चुक्ता गरेर बाहिर निस्कनका लागि पैसा छैन । मेरो श्रीमान डिक एक इन्जिनियर हुन् र उसलाई आलास्कामा एक नोकरी पनि मिलेको छ । म यस नोकरीको बारेमा धेरै त जान्दिनँ । तर डिकले बताए अनुसार लाग्छ नोकरी पाउना साथ हाम्रो दिन फिर्ने छ । पैसा वर्षने छ । तपाईं सायद अहिले पनि मसँग रिसाउनु भएको होला । तर रिसाउनु पर्ने कुनै कुरा छैन । मलाई जति सक्दो चाँडो चेक पठाइदिनुहोस् । त्यसो त चार सय डलरको आवश्यकता परेको छ । तर तपाईं जति पठाउन सक्नुहुन्छ त्यति नै पर्याप्त हुनेछ ।
म तपाईंको चिठ्ठीको प्रतीक्षामा छु
हजुरकी डोली
जसलाई उसले खोजिरहेको छ, उही व्यक्तिले बिहे गरेको समाचार पठाउँदा हम्बर्टलाई कस्तो भयो होला ? त्यसको अनुमान मसँग छैन । उर्वशीले अर्जुनसँग प्रेमको लागि अनुनय विनय गर्दाको क्षण यतिखेर म सम्झिरहेकी छु । अनेक हाउभाउले अर्जुनलाई आकृष्ट पार्ने चेष्टा व्यर्थ हुँदा उनलाई कस्तो भयो ? हो त्यही अनुभव यतिखेर तिम्रो बाबुले गरेको हुनुपर्छ । जोसँग प्रीतिको आकाङ्क्षा गरिएको थियो, उसैबाट आमाको सम्बोधन सुन्दा उर्वशीले कस्तो अनुभूत गरिन् ? त्यसै उनले अर्जुनलाई नपुंसक हुने श्राप दिएकी थिइनन् । तर तिम्रो बाबुले त्यसो गरेन ।
तिमीले बिहे गरेको र आफूलाई केही सहयोगका निम्ति अनुरोध गरेको पत्र पाएर ऊ क्षुब्ध भयो, आक्रोशित भयो । ऊ कसैको हत्या गर्न चाहन्छ । लोलितालाई हस्पिटलबाट भगाउने या त तिम्रो सान्निध्यमा रहेको व्यक्तिलाई समाप्त गरी, ऊ तिमीलाई आफ्नो बनाउन चाहन्छ । तिमीलाई अस्पतालबाट भगाउन सहायता गर्ने क्विलटीलाई उसले खोज्न थाल्यो । तिम्रो श्रीमान डिकसँग भने उसको केही क्रोध थिएन ।
लोलिता ! तिम्रो कथा पढेर सकेकी मैले यतिखेर केही सोच्न सकेको छैन, … । बस्, प्रेम भन्ने चिज केहो त्यही जान्न चाहन्छु । आज तिमै कारण व्लादिमीर नाबाकोवले नोवेल पुरस्कार पाए । चर्चित भए । के तिमीलाई हम्बर्टले प्रेम गरेकै कारण यो सब भएको हो ? त्यसै हो भने अब म पनि नित्य प्रेमकै गीत लेख्ने छु । समर्पण र त्यागलाई मूल मन्त्र बनाउने छु, … ।

अनिता पन्थी
राइनास नगरपालिका–३, लमजुङ
५/९/०७८

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *