२१ माघ, काठमाडौं । आज देखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । सर्वसाधारणले भने ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कूल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ ।