सुदुर पश्चिम विश्व विद्यालयले लिएको २०७८ सालको स्नातहक तह तर्फ कृषि संकायको परिक्षामा, धनगढीकी प्रंशसा कुमारी भट्टले एक नम्बरमा नाम निकाल्न सफल भएकी छीन् । भट्टले चितवनको सेन्ट जेभियर्स इन्स्टिच्युट मा आफ्नो तयारी कक्षा लिएकी गरेकी थिइन् ।
सेन्ट जेभियर्स इन्स्टिच्युटले विगत एक दशक देखि तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ । गत वर्ष २०७७ साल र त्यस्तै गरि २०७६ साल को परिक्षामा पनि यस इन्स्टिच्युटमा अध्यन गरेका अन्कित देवकोटा र निशा महराले नेपाल भरका विद्यार्थीलाई पछाडी पार्दै एक नम्बरमा नाम निकाल्न सफल भएका थिए ।
करिब तिन सय विद्यार्थीले दिएको परिक्षा, सुदुर पश्चिम विश्व विद्यालयको आफ्नै क्याम्पस टिकापुरमा माघ २१ गते शुक्रबार लिएको थियो ।