टी-२० सिरिजको पहिलो खेलमा ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी, ऐरीको सानदार पारी

काठमाडौं–ओमानसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो।  नेपालको जितका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रनको योगदान दिए। नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *