कोरोनाका कारण देशभर बन्द रहेका विद्यालयहरु आज आइतबार बाट सञ्चालनमा आउदै छ । कोरोनाको जोखिम कम हुदै गइरहेका कारण विद्यालयहरु खोलिने भएका हुन ।
सरकारले स्वास्थ मापदण्ड पालना गर्दै भैतिक रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । विगत एक मिहना देखि बन्द रहेका विद्यालयहरु, भैतिक रुपमा कक्षा सञ्चालन हुने भएपछि विद्यार्थी एवम् अभिभावक खुसि भएका छन् । आउदै गरिरहेको एसइइ परिक्षा एवम् विभिन्न संकायको प्रवेश परिक्षा पनि समयमा हुने आकलन गरिएको छ ।
अनलाइन कक्षा प्रभावकारी नभएका कारण पनि, भैतिक रुपमा कक्षा सञ्चालन गर्न बाध्य रहेको विद्यालय सञ्चालक हरु बताउछन् । शिक्षक,शिक्षीका को नियमित निगरानी नहुदा विद्यार्थीहरुको पढाई खसकिदै गएको हुनाले पनि भैतिक रुपमा कक्षा सञ्चान हुन लागेको हो ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्नेु उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ।’