पहिले गुण्डा नाइके अहिले नेता : चितवन राजनिति

चितवन । विगत केहि वर्ष यता चितवन राजनितिमा केहि नया अनुहार देखियको छ । नेपाली कांग्रेस ,नेकपा माओवादी दुई वटै प्रमुुख दलमा विगतका दिनमा गुुण्डाको छवि बनाएकाकरुलाई प्रवेश गराउने होड बाजी नै चलेको छ । पछिल्लो समय चितवनमा निकै नाम चलेका गुुण्डा नाइके अनिल परियार उर्फ कान अहिले नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुुदै हाल नेपाली कांग्रेस, बाग्मति प्रदेश प्रतिनिधिमा निर्विरोध चयन भए । सबै उम्मेदवारलाई हम्मे हम्मे भएको चुुनाव भने अनिलका लागि सामान्य भयो ।

पटक पटक नेपाल प्रहरीको मुुख्य सुचिमा रहेका परियार गत २०७७ सालमा चितवन कारागारमा एक वर्ष कैद सजाय काटेर रिहा भएका हुन । परियार हाल होटल, रेष्टुरेण्ट व्यवसायमा आवद्ध भएका छन् । चितवनको भरतपुर–१० मा रहेको लाइम एण्ड लेमन लाइब म्युजिक बारमा मुख्य लगानी कर्ता नै परियारको रहेको स्रोतको दाबी छ ।

अनिल भरतपुर केन्द्रिय बसपार्क मा सञ्चालनमा रहेको यातायात समितिमा आवद्ध छन् ।