आज बुधबार पुर्वाञ्चल विश्वविद्यालयले विभिन्न विषयको प्रवेश परिक्षा निर्धारित समय र स्थानमा नै लिने भएको छ । एम सि सि को विरोध मा बुधबार सयुक्त संघर्ष समितिले गरेको बन्दका कारण परिक्षा रोकिने हल्ला भए पनि विश्वविद्यालयले तोकेको मितिमा नेै परिक्षा लिन लागेको एन पि आई का सञ्चालक बाबुराम ढकाले जानकारी दिनु भएको छ ।
छ वटा जिल्लामा एकै साथ लिन लागिएको प्रवेश परिक्षामा करिब हजार भन्दा बढी विद्यार्थीले परिक्षा दिदै छन् । मंगलबार BE (Civil, Computer, Electrical, Electronics, Communication & Automation, Geomatics) & B.Arch को परिक्षा भयो भने आज बुधबार बिहान ११ बजे BE (Biomedical), B.Sc. (Hon.) Ag., B. V. Sc. & AH, B.Sc. Forestry, B.Sc. Biotechnology, B.Tech. Biotechnology & B. Tech. Food Technology, B. Tech. Dairy Technology र दिउसो २ बजे BCA, BIT & PGDCA परिक्षा हुदै छ ।