नेपाल युएईसँग ६८ रनले पराजित, नेपाल टी-२० विश्वकपमा पुग्न असफल

१० फागुन, काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा ऐतिहासिक विश्वकप खेलेको नेपाल युएईसँग ६८ रनले पराजित हुँदै आईसीसी टी–२० विश्वकप छनोट हुनबाट बञ्चित भएको छ। युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३-३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *