भरतपुर महानगरपालिकाले महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत ६९२ विद्यार्थी लाई छात्रवृत्ति वितरण गरेको छ ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । महानगरभित्र सबै तहका बालबालिकाहरूलाई शिक्षाको पहुचमा पुर्याउन छात्रवृत्ति प्रदान गरिएको महानगरले जनाएको छ।
छात्रवृत्ति वितरण गर्न बाँकी विद्यार्थीको रकम बैंकमार्फत विद्यालयको खातामा पठाएको महाशाखाले जनाएको छ ।