चितवन : प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत चितवनमा जारी महिला क्रिकेटमा आज भएको फाइनल खेलमा काठमाडौं विजयी भएको छ। गौतम बुद्ध रङशालामा भएको फाइनल खेलमा काठमन्डौले चितवनलाई ६४ रनले हराएको हो ।
पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा एक विकेटको नोकसानीमा १६२ रन जोड्न सफल भएको थियो। काठमाडौंको लागि कन्चन श्रेष्ठले सार्वधिक ७० रनको योग्दान गरेको थिइन। चितवनले भने २० ओभर ४ विकेटको नोकसानीमा ९८ रन मात्र जोड्न सक्यो।