काठमाण्डौ। स्थानीय निकायको चुनाबको मिति नजीकीदै गर्दा, गठबंधनको तर्फ बाट भरतपुर महानगरपालिकाको मेयर को उम्मेदवार को हुने भन्ने विषय पेचीला हुदै गएकोछ।
माओबादीले आफुले पाउनु पर्ने माग उठाउदै गर्दा नेपाली काँग्रेस चितवनले भने दबाब बढाउँदै लगेको छ । चितवन कांग्रेसका नेताहरूले केन्द्रीय स्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थाले पाछि यो मुद्धा झन पेचिलो हुदै गएको छ। नेपाली कांग्रेसका सभापति एवम प्रधानमंत्री शेर बहादुर देउवाले मेयर माओबादीलाई दिन सक्ने आकलनको बीच चितवन काँग्रेससभापतिस हितका नेताहरूले बिहीबार काँग्रेसवरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् ।