तनहुँ,बैशाख ४-
बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। पल शाह जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन ।
स्रोतका अनुसार जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी बयान फेरेकी नाबालिग गायिकाले पलबाट बलात्कार नभएको र प्रभाव र दबाबमा परेर आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।