काठमाडौं- निजी विद्यालय लिटिल एञ्जल्स का सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष समेत रहेका उनी होटेल, हस्पिटल अनी हाइड्रोमा समेत आबद्ध छन।
प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनी पाँचथर पावर कम्पनी प्रालिका पनिअध्यक्ष हुन् । यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ । हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।