चितवन,बैशाख १४-
आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि तयारी लगभग अंतिम चरणमा पुगेको जनाएको छ । कार्यलयका अनुसार आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरिएको छ ।
चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ ।