चितवन : नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि भरतपुरमा छुरा प्रहार गरी हत्या गरिएको छ । छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उनको मृत्यु भएको छ ।
आज साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियार (कान) माथि भरतपुर–७ कृष्णपुर खेलमैदान नजिकै अज्ञात समूहले धारिलो हतियारले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।