उपमेयरमा पराजित रजनीलाई टोखामा मेयरमा सकस, अन्तर्घातको डर

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसको तर्फ बाट मेयरको उम्मेदवार रजनी थापा अहिले चर्चामा छिन । चुनाबको मिति नजिकीदै गर्दा नाम चलेका मूलदारका अनलाइन मीडियामा अन्तरवार्ता दिएर उनी आफु तर्फ माहोल सृजना गर्दै छिन । टोखा नगरपालिकामा काङ्रेस तर्फ बाट मेयरको आकांसी मनिष जोशी लाई टिकटको दौडमा पछी पार्दै टिकट हासिल गर्न सफल थापाले सबै भन्दा पहिला आफ्नै दलको नेता तथा कार्यकर्तालाई रिजाउनु पर्ने छ। टोखा क्षेत्रमा चिर परीचित एवम काङ्रेस टोखाका प्रभावसाली नेता मनिष जोशीलाई टिकट प्रदान नगरेर अगिल्लो चुनावमा पराजित लाई टिकट दिएर पार्टीले ठुलो गल्ती गरेको स्थानिय काङ्रेसी कार्यकार्ताहरु बताउछन।

मनिष जोशीलाई टिकट दिएर रजनी थापालाई टिकेट दिएपछी थापालाई आफ्नै कार्यकर्ता बाट नै अन्तर्घातको डर रहेको छ। सबैलाई समेटने नेताका रूपमा परिचित जोशीले भने केन्द्रको आदेश लाई मानेर थापालाई जिताउन अपील गरेका छन।

टोखा नगरपालिकामा गठबन्धन छैन। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि फरकफरक उम्मेदवारी दर्ता गराएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *