चितवन,जेठ १६- भरतपुर महानगपालिका वडा नम्बर १० का २९ वर्षे शिव काफ्लेलाई नाबालिक बालिकामाथि बलात्कारको अभियोगमा चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। एमबिबिएस अध्ययनरत काफ्लेले आफूमाथि बलात्कार गरेको भन्दै बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरीपछि वैशाख १९ गते प्रहरीले युवकलाई नियन्त्रणमा लिएको खुल्न आएको छ।