चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनप्रतिनिधिलाई नियमित रूपमा जनताका कुरा सुन्ने र जनसहभागिता सुनिश्चित गर्ने कार्य गर्न सुझाव दिएका छन। भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूलाई निर्वाचित गर्ने मतदाताहरूलाई कहिल्यै बिर्सन नहुने बताएका छन। अध्यक्षले भरतपुरमा धेरै सडकहरू कालोपत्रे भएको हुँदा यहाँका जनताहरु हिलो धुलोबाट मुक्त भएकाले अबको समयमा सडक मात्र केन्द्रित नभएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिएका छन।