काठमाडौं । नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताको एक प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको आरोप लागेको पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।