३१ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि ऐतिहासिक १–० को जित हात पारेको हो । रश्मीकुमारी घिसिङको एक मात्र निर्णायक गोलले नेपाललाई जित दिलाएको थियो।