नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइतका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको जनाएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार वि.सं. २०७९ सालको बडादशैँसँग सम्बन्धित शुभसाइतहरू निम्नानुसार रहेको छ ।
१) वि.सं. २०७९ असोज १० गते सोमबार – नवरात्रारम्भ, घटस्थापना विहान १०ः२३ बजे
२) वि.सं. २०७९ असोज ११ गते मङ्गलबार – झण्डा फेर्ने विहान ११ः११ बजे (पूर्व मोहडा)
३) वि.सं. २०७९ असोज १४ गते शुक्रबार – श्री पचलीभैरव यात्रा
४) वि.सं. २०७९ असोज १६ गते आइतबार – फूलपाती,
– श्री तुलजाभवानी यात्रा विहान १०ः५ बजे,
– स्थिरासन विहान ११ः३५ बजे
५) वि.सं. २०७९ असोज १७ गते सोमबार – महाष्टमी, कालरात्री
६) वि.सं. २०७९ असोज १८ गते म·लबार – महानवमी
७) वि.सं. २०७९ असोज १९ गते बुधबार – विजया दशमी, देवी विसर्जन विहान १०ः३४ बजे,
– टीका विहान ११ः५१ बजे (पूर्व मोहडा),
– श्री तुलजाभवानी यात्रा विहान ७ः३५ बजे,
– स्थिरासन विहान ८ः४७ बजे, खड्गयात्रा
८) वि.सं. २०७९ असोज २२ गते शनिबार – अखिलबलिपूर्ति
९) वि.सं. २०७९ असोज २३ गते, आइतबार – कोजाग्रत व्रत