नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं ५ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसले युवा नेता प्रदीप पौडेललाई टिकट दिएको छ। पोखरेलले ०७४ सालको चुनावमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ-५ मा प्रणय सम्सेर राणाले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन । राणालाई नेपाली काङ्रेसले स्वतन्त्रको भेलामा सहभागी भएको भन्दै कर्वार्ही गरेको थियो।