चितवनमा लाइसेन्स वितरणको बाटो खुल्ला

चितवन, असोज २८–

यातायात व्यवस्था सेवा कार्यालय चितवनले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने भएको छ । यस अगि सर्वोच्च अदालतबाट लाइसेन्स वितरणको लागि प्रयोगात्मक परीक्षास्थल छनोट सम्वन्धमा जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात ब्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भएको छ ।

अब सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परिक्षास्थल छनोटको बाँकी प्रक्रिया अगाडि बढ़ने र अनुमति पत्र वितरणको बाक़ी काम सुरु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *