१८ मंसिर, काठमाडौं । मेस्सीले जादुयी प्रदर्शन गर्दा अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेसीले ३५ मिनेटमा ओटमेन्डीले डिबक्सभित्र निकालेकाे पासमा उत्कृष्ट गाेल गरे। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गरे ।
अब सेमिफाइनल प्रवेशको लागि अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।