चितवन, – कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो भएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो भएको छ । चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकाले ७२.२२ प्रतिशत अंक पाएको छ । राप्ती नगरपालिकाले ७०.८८, माडी नगरपालिकाले ६०.१५, कालिका नगरपालिकाले ५६.७५, रत्ननगर नगरपालिकाले ५७.६३, खैरहनी नगरपालिकाले ५५.८३ र इच्छाकामना गाउँपालिकाले ५९.५१ प्रतिशत अंक पाएको छ ।
साथै नेपालको ६ वटा महानगर मध्येमा पनि भरतपुर महानगरपालिका पहिलो भएको छ । विराटनगर महानगरपालिकाले ५९.२४, ललितपुरले ५८.४३, काठमाडौंले ५६.५२, वीरगञ्जले ५३.२३ र पोखराले ४८.६६ प्रतिशत अंक पाएको छ ।