सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो। क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ। लामिछानेले विदेशमा पनि क्रिकेट खेल्न जान पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।