चितवन । नेपाली काङ्रेस चितवनले आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनको तयारीको पुर्वसन्ध्यामा पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित पत्राचार गरेको छ ।
सो बैठकले कारबाही फुकुवा गर्न सिफारिस भएका नेताहरुमा कांग्रेस पूर्वजिल्ला सभापति विकास कोइराला, महासमिति सदस्य मीना खरेल, पूर्व सांसद् जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्वसचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापालगायत छन् ।