काठमाडौंको शंकरदेव क्याम्पस स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्। यहाँ अनेरास्ववियुबाट सभापति उम्मेदवार मुना तिवारी र अखिल क्रान्तिकारीका बिरेन जिसी लाई हराउँदै बस्नेत सभापति निर्वाचित भएका छन्। नेविसंघ र नेकपा एकीकृत समाजावदीनिकट अनेरास्ववियूबीच शंकरदेवमा तालमेल भएको थियो।