काठमाडौं– ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्। नेविसंघबाट बागी उम्मेदवारी दिएका सभापतिमा निर्वाचित विष्ट नेविसंघ इकाइ उपाध्यक्षसमेत हुन्।
मत परिणामअनुसार सुशिल विष्टले १६९ बढी मत ल्याएर स्ववियु सभापति निर्वाचित हुन। विष्टले ८४१ मत ल्याए भने प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश जिसीले ६७२ मत ल्याएको त्रिवि निर्वाचन समितिले जनाएको छ।