काठमाडौं महानगरपालिकाले कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार शिक्षा विभागमा लगाएको ताला काटेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफ्नो फेसबुक फेजमा भिडियो सार्वजनिक गर्दै ताला काटेको जानकारी दिएका हुन । महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले हिजो ताला लगाएको थियो ।