काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीले थप एक मोबाइल ल्याउन पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।