काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले महानगरपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्। उनले महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। साथै महानगरभित्रका विद्यालयहरुमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने कुनै पनि संस्था वा कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असार ३ गतेदेखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्द गर्ने जनाएको थियो।