७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ । भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गरेको महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थीले आवेदन दिएका थिए ।