चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलासा

चितवन

गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको पुष्टि भएको छ । साउन ३१ गते भएको दुर्घटनामा अक्सफोर्ड कलेजको बसले ६ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए ।

बस चालक गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारको चितवन मेडिकल कलेजमा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षण गर्दा परियारले लापसे गरेको पुष्टि भएको हो ।

तस्वीर: विष्णु अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *