नेपाल भारत सँग २३ रनले पराजित

१६ असोज, काठमाडौं । नेपाल भारत सँग २३ रनले पराजित भएको छ। चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरेले सार्वधिक ३२ रन बनाए । २० ओभरमा नौ विकेट गुमाएर १७९ मात्र बनाउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *