इजरायलमा मृत्यु भएका १० जना सबै नेपाली विद्यार्थी

इजरायलमा मृत्यु भएका १० जना ‘पढ्दै कमाउँदै कार्यक्रम’ बाट गएका नेपाली विद्यार्थी रहेको खुलेको छ। यी विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए। एक महिनाअघि उनीहरू ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट इजरायल गएका थिए।  १० जनाको भने मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ। कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्।

इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार

  • कैलालीका नारायणप्रसाद न्यौपाने
  • धनुषाका आनन्द साह
  • दार्चुलाका दिपेशराज विष्ट
  • दार्चुलाका लोकेन्द्र सिंह धामी
  • सुनसरीका राजेशकुमार स्वर्णकार,
  • बझाङका गणेशकुमार नेपाली
  • डोटीका पदम थापा
  • डोटीका राजन फुलरा
  • कैलालीका आशिष चौधरी
  • सल्यानका प्रवेश भण्डारीको निधन भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *