बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट

काठमाण्डौं । ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि र्बोड सदस्यबाट कुटपिट भएको छ । कलेजको लाइब्रेरी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको विषय र आर्थिक अपचलनको विवाद बाहिर आउने डरले र्बोड सदस्य राजेश जोशीको नेतृत्वमा प्रिन्सिपल भारतीय नागरिक प्रकाश लामा र उनकै दाजु पूर्ण लामाको समूहले असोज ३० गते मंगलबार दिउँसो १ बजेतिर कलेज हाताभित्र ४र५ जनाको समूहले कुटपिट गरेका हुन् । कुटपिटबाट उनको शरीरमा नीलडाम र हात खुट्टा सुन्निएको छ भने उनी हाल सिकिस्त अवस्थामा घरमै उपचाररत छन् ।सन् १९९५मा विद्यार्थीको रूपमा प्रवेश र २०१६ बाट भने मिसन कोर्डिनेटर र हाल लाइब्रेरिन पदमा कार्यरत लामालाई कुटपिट गर्ने राजेश जोशी कलेजका र्बोड सदस्य र सोही कलेजमा सञ्चालन भएको होप चर्चका डिकन हुन् भने अर्का व्यक्ति भारतीय नागरिक प्रकाश लामा प्रिन्सिपल छन् । भारतीय ज्यादती रहेको यस बाइबल कलेजको अध्यक्ष भने ख्रीष्टियन समुदायका चिरपरिचित व्यक्ति क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान महर्जन हुन् ।प्रहरीका अनुसार बाइबल कलेजको जग्गा विवादमा संलग्नता रहेको आशंकामा सोधपुछ गर्ने बहानामा सोम लामालाई कुटपिट गरी सख्त घाइते बनाएको जानकारी दिएको छ । राजेश जोशीको समूहको कुटपिटबाट हाल उनी सिकिस्त छन् । चियाको बहाना बनाई कलेजको कोठामा थुनेर उनीहरूले अश्लील शब्दसहित गाली गर्दै लाठीले टाउकामा र खुट्टामा प्रहार गरेको प्रहरीले जनाएको छ । राजेश जोशीसहितको समूहलाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।४७ वर्षिया सोम लामाले भने, ‘चिया खान जाऔँ भनेर राजेश जोशी जीले भन्नुभयो र म कोठा भित्र गए, बाइबल कलेजको जग्गामा तपाईको भुमिका के हो भन्दै मलाई गाली गर्नुभयो, मैले आफ्नो कुरा राख्न खोज्दै थिए, एक्कासि मलाई राजेश र उनको समूहले सुनियोजित रूपमा ज्यान लिने तरिकाले लाठी तथा हतियारको प्रयोग गरी अन्धाधुन्ध हातपात गरे र म अर्धचेत भए, धेरै हारगुहार गरे तर कोही मलाई बचाउन आएनन् ।’र्बोड सदस्य राजेश जोशी, सविना थापा, प्रिन्सिपल प्रकाश लामा र उनका भाई पूर्ण लामाले उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएको साथै सोही कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई समेत प्रयोग गरेर केही महिनाअघि सांघातिक आक्रमण पनि गरेको पीडित लामाले बताए ।घटनाका बारेमा कलेजका अध्यक्ष मंगलमान महर्जनलाई बुझ्दा उनले आफूलाई यस विषयमा केही थाहा नभएको भनेर नाटकीय शैलीमा पन्छिन खोजे । उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई आवश्यक कारबाही गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पनि कारवाही हुन सकेको छैन् ।इभान्जेलिकल ख्रीष्टियन एलायन्स अफ नेपालका संस्थापक अध्यक्ष साइमन पिटरले सो घटनाको दुःख व्यक्त गर्दै उक्त घटना कुनै पनि हालतमा ख्रीष्टियन चरित्र नभएकोले यसले समग्र ख्रीष्टियन समुदायलाई लज्जित बनाएको बताउनुभयो ।पीडित सोम लामाले कुटपिट गर्नेहरू विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन जावलाखेल प्रहरी समक्ष आग्रह गरेको छ । पीडितको उजुरी अनुसार नै प्रहरीले पीडित र पीडकलाई छलफलमा बोलाएर आवश्यक सोधपुछ गर्ने र मिलापत्र हुन नसकेमा सार्वजनिक अपराधमा मुद्दा दायरको तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *