२१ कात्तिक, बुटवल । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि विद्यार्थीको आन्दोलन फिर्ता भएको छ । ड्रेस कोडमा असहमति जनाउँदै असोज २२ गतेबाट सुरु भएको आन्दोलन पछिल्लो समय प्रिन्सिपलको राजीनामासम्म पुगेको थियो । मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिबीच मंगलबार भएको सहमतिमा प्राचार्य पाठकलाई पदमुक्त गरी नयाँ प्राचार्य नियुक्त गर्ने उल्लेख छ। कलेज प्रशासन र विद्यार्थीहरूबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिपछि विद्यार्थीहरूले विगत एक महिनादेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन्।